काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९५ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर ११ सय ९५ रूपैयाँ कायम भएको छ ।