नेप्सेमा सामान्य गिरावट, ५ कम्पनीमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख ९७ हजारको कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, टे«डिङ, होटल एण्ड टुरिजम, अन्य, लाइफ इन्सोरेन्स र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६९ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, श्वेत गंगा हाइड्रोपावरमा १०%, मन्दाकिनी हाइड्रोपावरमा ९.९९%, अपर हेवाखोला हाइड्रोपावरमा ९.९९%, अपर सोलु हाइड्रोमा ९.९८%, सपोर्ट माइक्रोफाइनान्समा ९.९८% र दोर्दी खोला जलविद्युतमा ९.१७ प्रतिशतको सर्किट लागेको छ ।

आज रिडी पावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १८ करोड ४३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ९० लाख , नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसी फाइनान्सको ३ करोड ६५ लाख र नेपाल टेलिकमको ३ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स