अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका उपनिर्देशक पोखरेललाई अर्थमन्त्रीले विज्ञ सल्लाहकार नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् ।

अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो ।

सफाई पाएर पुन अर्थमन्त्री बनेका शर्माले पोखरेललाई दोस्रो पटक सल्लाहकारमा नियुक्त गरेका हुन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स