पेट्रोलमा नाफा भएपनि निगमले अहिले इन्धनको मूल्य नघटाउने

काठमाडौं । मूल्य घटेर आएपनि नेपाल आयल निगमले तत्कालै इन्धनको मूल्य नघटाउने भएको छ । निगम प्रबन्ध निर्देशक उमेश थानीले पत्रकार सम्मेलन गर्दै अहिले नै इन्धनको मूल्य घटाउन नसकिने बताएका हुन् । निगम अहिले ५० अर्ब रुपैयाँ घाटामा भएकोले मूल्य घटाउन नसकिने उनको स्पष्टिकरण थियो । निगम घाटामा भएपनि उसले सरकारलाई १ खर्ब २० अर्ब रुपैयाँ कर तिरेको छ ।

आज अगष्ट १५ मा आईओसीले पठाएको मूल्य सूची अनुसार नेपाल आयाल निगम पेट्रोलमा ४.७४ रुपैयाँ नाफामा छ भने डिजेलमा ४.५० पैसा घाटामा छ । एलपी ग्यासमा भएको प्रति सिलिण्डर ४९९.५७ रुपैयाँ घाटा र हवाइ इन्धन र मट्टितेलमा भएको घाटा समेत हिसाव गर्दा हाल निगम अझै मासिक ६२ करोड ५८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

निगमका अनुसार नेपाल आयाल कर्पोरेशनले हाल इण्डियन आयल कर्पाेरेशनलाई २३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको तथ्यांक पनि उनले सुनाए । निगमले सरकारसँग ७ अर्ब र राष्ट्रिय बाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएको छ । गत आर्थिक वर्षसम्म निगम ५० अर्ब रुपैयाँ नोक्सानीमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स