केएनपी नेरोल्याकले ल्यायो ‘पर्व सँगै रंगमा दंग’ चाडपर्व अफर

काठमाडौं । कान्साई पेन्टस् जापानको सहायक कम्पनी केएनपी जापानले पर्व सँगै रंगमा दंग अफर ल्याएको छ ।

यो अफर ७५ हजारको पेन्टस खरिद गर्ने ग्राहकको हकमा लागु हनुे कम्पनीले जनाएको छ ।ग्राहकहरुले केएनपी नेरोल्याकबाट ३ वटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हरेक ७५ हजारमाथिको पेन्टस खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएको पनि छ ।

त्यसैगरी, कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच र एक जनालाई ५ लाखको बम्पर उपहार प्रदान गर्ने जनाएको छ । कम्पनीको अनुसार यी दुई उपहारको विजेता लक्की ड्र मार्फत तय गरिनेछ।

केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स