अर्थतन्त्र सुधारको लयमा, सेयर बजार ‘क्यापिचुलेईशन्’ को चरणमा

काठमाडौं । विगत केहि समयदेखि अर्थतन्त्रले उधो गतिमा स्थिरता कायम गरी केहि समय अर्थतन्त्र स्थिर रहेर हालको समयमा अर्थतन्त्रमा केहि सुधारका संकेतहरू देखिन थालेका छन् । नेपालको अर्थतन्त्र विशेष गरी रेमिट्यान्समा निर्भर रहेको अर्थतन्त्रमा यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या करिब ५ लाखले वृद्धि भएको छ ।

उक्त वृद्धिसँगसँगै निरन्तर ओरालो लागेको रेमिट्यान्स केहि समयको स्थिरतापछि पुनः उकालो लाग्न सुरु गरेको छ । करिब १ वर्षको अन्तरालपछि रेमिट्यान्स सकारात्ममा लयमा फर्किएको छ । नजिकिदो चाडपर्वहरूमा रेमिट्यान्स भित्र्ने विगतकै परम्परा यस आर्थिक वर्षमा पनि कायम हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले महँगा गाडी तथा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धले शोधानान्तर घाटामा न्यूनता कायम गरी सकारात्मक लयमा गएको देखिन्छ भने कृषि उपजहरूमा सरकारले कृषकलाई दिएको अनुदान प्रभाव पनि तरकारी तथा खाद्यान्न उत्पादनमा देखिन थालेको छ भने आयात कम हुन थालेको तथ्यांकहरू बाहिरिन थालेका छन् ।

यसले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको पाइन्छ भने निरन्तरको बढेको पेट्रोलियम पदार्थको मूल्य १५/१५ दिनमा घट्दो सूचीमा भारतीय आयाल कर्पोरेशनबाट आइरहेको छ । जसले सोहि परिमाणमा पेट्रोलियम पदार्थको आयात भएतापनि लागत कम पर्नाले डलर सञ्चितिमा वृद्धि हुँदै गहिरहेको छ । त्यसैगरी सुनको आयातलाई पनि कोटो सिष्टम लागू भई केहि कडाइ गरिदा डलर सञ्चिति र शोधानान्तर घाटामा यसको प्रत्यक्ष प्रभाव परेको छ ।

संस्थागत निक्षेपको ब्याजदर घटाउने निर्णय हुँदा बैंकहरूको बेसरेट घट्न गई अब आउने त्रैमासिक वित्तीय प्रतिवेदनहरूमा ब्याजदरमा कमी आई तरलता सहज हुने संकेतको रुपमा देखिएको छ भने ६ महिनादेखि बढ्न बन्द भएको ब्याजदर अब घट्न सक्ने संकेतका रुपमा लिन सकिन्छ । जुन उद्योगी व्यवसायीका लागि सकारात्मक कुरा हो ।

सेयर बजारमा क्यापिचुलेईशन्को चरणमा

क्यापिचुलेईशन् भनेको सेयर बजारमा त्यस्तो फेज हो, लगानीकर्ताहरू विशेष गरी नयाँ र कम अनुभवी लगानीकर्ताहरू सेयर बजारबाट सेलेण्डर (आत्मसर्मपण) गरेर घाटा बुक गरी ऋण बोकेर कहिले सेयर बजार नर्फकने गरी बाहिरिन्छन् । बेयरिसको अन्तिम ‘ईलियट वेभ’ को ५ औं टाउन ट्रेन वेभमा यस्तो बढी हुन जान्छ । ब्रोकर र केहि अनुभवी ठूला लगानीकर्ताहरूले केहि समय लम्ब्याउँदै झण्का दिँदै १ दिन बढाउने, २/३ दिन घटाउने र अब सेयर बजार बढ्न सक्दैन जस्तो मनोविज्ञान निर्माण गरी कम अनुभवी लगानीकर्ताको हातबाट सेयर खोस्ने काम हुन्छ ।

९५ प्रतिशत साधारण लगानीकर्ता निराश भएर बाहिरिने मनस्थितिमा पुगेपछि सानो न्यूजले नै बजारमा चमक छाउँछ । बजार चौका र छक्का हाने झै माथि जान्छ र सेयर बजारले नयाँ चरणमा गति लिन्छ । त्यो चरण नै सेयर बजारको बुलिस चरणको सुरुवाती चरण हुन पुग्दछ ।

अहिलेको परस्थितिलाई नियाल्दा लगभग यस्तै सिनारियो सेयर बजारमा देख्न पाइएको छ । जुन घट्दो ब्याजदरको सुरुवात हुने संकेत, अर्थतन्त्रमा सुधार हुने संकेत नै वेयरिस चरणको अन्त्य र बुलिस चरणको सुरुवात हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स