घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको हो ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । सोही अनुसार आइओसीले नयाँ मूल्यसूचीमा पट्रोलको भाउ घटाएर पठाएको हो ।

पछिल्लो समय आईओसीले पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटाएर पठाएको छ । तर, निगमले भने नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन ।

निगमले मूल्य घटेर आएपनि निगमलाई अझै घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको छैन ।

हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्री भईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स