दोहोरो अंकले घट्यो नेप्से, अपर हेवाखोलामा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । हिजो हरियाली छाएको सेयर बजारमा आज फेरि गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख ६ हजारको कित्ता सेयर २ अर्ब ७३ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६९ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपर हेवाखोला हाइड्रोपावरमा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज रिडी पावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको एकैदिन ४० करोड ८२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ६८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख र एनटिसिको ५ करोड ६१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स