एजेन्सिज एसोसिएशन अफ नेपाल टानको अध्यक्षमा निलहरि बास्तोला बिजयी

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानको अध्यक्षमा निलहरि बास्तोला बिजयी भएका छन् ।

गएराति सम्पन्न टानको ४४ औं वार्षिक साधारण सभा एवम् निर्वाचनबाट बास्तोलाले ६१६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका थिए । निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरी बास्तोला प्यानलनै विजयी भएको छ । अध्यक्षका प्रत्यासी द्वय सापकोटा र बोधराज भण्डारीलाई पराजित गर्दै बाँस्तोला बिजयी भएका हुन् ।
टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहालले ५०४ मत ल्याएर विजयी भएका छन्े । प्रथम उपाध्यक्षमा प्रदीप पण्डित ५५२ मतका साथ विजयी भएका छन् । द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले ५९८ मत ल्याएर विजयी भएका छन् । महासचिवमा विनोद सापकोटा बाबु ५४४ मत ल्याएर विजयी भएका छन् । सचिवमा होमनाथ भट्टराई ५०३ मतकासाथ विजयी भएका छन् । कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिनाले ४८८ मत ल्याएर विजयी भएका छन् । सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा ५१६ मतसहित विजयी भएका छन् ।
यस्तै महिला सदस्यमा सजना त्रिपाठी विजयी भएकी छन् । खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।
टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए। उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताकासाथ लाग्ने विश्वास व्यक्त गरे। टानलाई समयसापेक्ष बनाउदै सेवा प्रबाहलाई चुस्त दुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उनको भनाई छ । कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बास्तोलाले बताए ।
उनले व्यवसायीले खोजेजस्तो टान बनाउने बताउदै पर्वतीय पर्यटनमा २८ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हीतमा लगाउने बताए।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार ८५० व्यवसायी आबद्ध टानमा एक हजार २५० मतदाता छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स