काठमाडौं । आइतबार छापावाला सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, सुनको मूल्य ९० हजार ९ सय रूपैयाँ कायम भएकोमा आज भने ६ सय रूपैयाँले बढेर ९१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदी प्रतितोला ११ सय ९५ रूपैयाँ कायम भएकोमा आज भने ३५ रूपैयाँले बढेर १२ सय ३० रूपैयाँ कायम भएको छ ।