गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेको छ । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्न लाभांश प्रस्ताव गरेको हो ।

जसअनुसार कम्पनीको चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँबाट ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स