क्रिप्टोकरेन्सको कारोबार नगर्न राष्ट्र बैंकको चौथो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न चौथोे पटक निर्देशन जारी गरेको छ । बैंकले क्रिप्टोकरेन्सी कारोबार गैर कानुनी भएकोले कारवाही गर्ने भन्दै यसको कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले यसअघि नै ३ पटक सूचना जारी गर्दै यस्ता करेन्सीको कारोबार नगर्न भनिसकेको छ ।

बैंकले सोमबार पनि एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकोले त्यस्ता कार्य गर्नेलाई कारवाही गर्ने जनाएको हो ।

नेपालमा कुनै पनि प्रकारको क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ गैरकानुनी रहेकोले यस्ता प्रकारका कार्य नगर्न सूचित गरिएको छ, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

किप्टोकरेन्सिको कारोबार, हाइपर फण्डमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगि तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदि सम्बन्धी जोखिम अन्तरनिहित हुने बताएकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स