यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने र गुमाउने कम्पनी

काठमाडौं । निरन्तर घटेको सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५.८९ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख २६ हजारको कित्ता सेयर २ अर्ब ४३ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १८० वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ ।

आज शिवम् सिमेन्ट्को सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको २१ करोड २ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख, नेपाल टेलिकमको ६ करोड ८५ लाख र अरुण भ्याली हाइड्रोपावरको ६ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यसैगरि, आज सर्वाधिक सेयर मूल्य घट्ने कम्पनीमा रिडी पावर रहेको छ । कम्पनीको ९.९९ अंकले सेयर मूल्य घटेको छ ।

त्यस्तै, गुराँस लघुवित्तको २.७०, शिवम् सिमेन्टको २.१२, एनआईसी एसिया डिभेञ्चर १.६० र एसबिएल डिभेञ्चरको १.२० अंकले सेयर मूल्य घटेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स