एचआईडिसिएलको नाफामा २२ प्रतिशतले वृद्वि

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीलेगत आर्थिक वर्षको अन्त्यसम्ममा ९७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७९ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ पैसा घटेर ४ रुपैयाँ ७१ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.४४ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २४९.३९ प्रतिशत र वित्तीय आम्दानी १८.७७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको लाभांश आम्दानी ३१.३३ प्रतिशत र अन्य आम्दानी २४१.१२ प्रतिशत बढेको छ।

चुक्ता पूँजी २० अर्ब ७१ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ५.०८ प्रतिशत घटेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स