शिखर इन्स्योरेन्सको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घट्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको आम्दानी १५ पैसा घटेर १७ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १८.५० प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको पुनर्बीमा कमिशन आम्दानी २४.४२ प्रतिशत बढेको छ।

चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ८७ करोड ७ लाख रुपैयाँ सञ्चित छ। त्यस्तै, इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ४१ करोड १६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ८ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स