अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अभियान लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । सोमबार बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको हो । जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी रहेका आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले साउन १८ गतेदेखि साउन २३ गतेसम्म १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात ४८ हजार ७ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्वसाधारणको लागि छुट्याइएको छ ।

हाल कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड, र चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ। सेयर बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट : https://muktinathcapital.com/,

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/

४. अभियान लघुवित्त कम्पनीको वेबसाइट :  https://www.aviyanlaghubitta.com/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स