स्थानीयद्वारा सान्जेन जलविद्युतको कार्यालयमा तोडफोडसँगै आगजनी

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनीको आयोजना कार्यालयमा तोडफोडसँगै आगजनी गरिएको छ। आइतबार दिउँसो स्थानीयले कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोडसँगै आगजनी गरेका हुन् ।

सेयर बाँडफाँट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले साइट कार्यालयमा तोडफोडसँगै आगजनी गरेका हुन्।

स्थानीयले पाउने १० प्रतिशत सेयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको उनीहरुको आरोप छ।

स्थानीयले कार्यालयभित्र तोडफोड र आगजनी गर्नुका साथै कार्यालयको गाडीमा समेत क्षति पुर्याएका छन्।

यो कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हाल दुवै आयोजना निर्माणको अन्तिम चरणमा छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स