५ हजार देखि ४० हजार करोड बनाउने स्वर्गीय ‘बिगबुलको’ कथा

काठमाडौं । भारतमा सेयर मार्केटका किङ मानिने कारोबारी राकेश झुनझुनवालाले आज संसारलाई अन्तिम पल्ट नियालेर गए । ६२ वर्षको उमेरमा संसार छोडेका झुनझुनवालाले धेरैलाई स्तब्ध बनाएर गए, उनले सामान्य मानिसबाट लगानी गरेको जीवनकथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । जम्माजम्मी पाँच हजार रुपैयाँ लिएर लगानी गर्न उत्रेका झुनझुनवालासँग आज हजारौं करोडको सम्पत्ति छ । उनले यो स्थान सम्म कसरी आईपूगे भन्ने धेरैको जिज्ञासाको विषय भएको छ । आउनोस्, उनका बारेमा जानौं ।

सेयरबजारमा प्रवेश गरेको छोटो समयमा नै अन्तर्राष्ट्रिय रूपमा बिगबुलुको उपमा पाएका थिए झुनझुनवालाले । उनको गहिरो अध्ययन गर्ने बानि, लगनशीलता, सटिक निर्णय लिने खुबिले उनलाई पछ्याउने लगानीकर्ताको ठूलो संख्या छ ।

भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय लगानीकर्ताको मंचमा समेत उनको स्थान उच्च छ । उनको लगानी गर्ने तरिका र रणनीति अन्तराष्ट्रिय बजारमै उच्च छ । उनले छाएको माटो पनि सुन बन्छ भन्ने गरिन्थ्यो ।त्यसैले उनले लगानी गरेको कम्पनीमा उनकै विश्वासले पनि धैरै संख्यामा लगानीकर्ताहरु प्रवेश गर्ने गर्थे । यसअघिका चर्चित सेयर कारोबारी हर्षद मेहेताका चेला मानिने झुनझुनवालाले सेयर बजारबाट नाम, दाम, इज्जत, प्रतिस्था सबै पाएका थिए । उनले तीन दशकमा ४० हजार करोडभन्दा बढी रुपैयाँ कमाइसकेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३६ वर्षको उमेरमा ५ हजार रुपैयाँबाट सेयरबजारमा प्रवेश गरेका उनले ६२ वर्ष हुँदासम्म ३० हजार करोड भारुभन्दा बढी कमाए ।

उनको सफलताको मार्गचित्र

राकेश झुनझुनवाला पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीले हर्षद मेहताको ब्यक्तित्वबाट प्रभावित भएर अनको रणनीति र तरिका सिक्दै थिए त्यत्तिनैबेला स्क्याम १९९२ को पर्दाफास भएपछि चर्चामा आएका हुन् । विद्यार्थी जीवनमै सेयर बजारमा प्रवेश गरेका उनले सन् १९८५ मा पहिलो लगानी गर्दा सेन्सेक्स १ सय ६० थियो ।

पहिलो पटक ५ हजार भारतीय रुपैयाँ लगानी गरेका उनै झुनझुनवालाले दुई वर्षको अवधिमै २५ लाखसम्म आम्दानी गरेका थिए ।उनी बजार प्रवेश गर्दा प्राय १ रुपैयाँदेखि १० रुपैयाँ फेस भ्यालु भएका सेयरहरूको बाहुल्य थियो ।

भारतीय सरकारी कार्यालयको आयकर अधिकृतका छोरा झुनझुनवाला आफूलाई सेयरबजारले नै अन्तर्राष्ट्रिय स्तरमा चिनिने उचाइ पाएका थिए । सेयरबजारमा माहिर खेलाडी मानिएका उनी आफैंलाई पछ्याउनुको साटो लगानीको योजना बनाएर अगाडि बढ्न लगानीकर्ताहरूलाई आग्रह गर्थे । हुन त तीन दशकमा सम्पत्ति सयौं गुणाले बढाएका बिगबुल कहिल्यै आफूलाई सर्वेसर्वा मान्ने थिएनन् उनले पनि अरुको शैली सिक्ने र विशलेषण गर्ने गर्थे । उनी आफैं पनि हर्षद मेहेतादेखि सन् १९९० को दशकमा चर्चामा रहेका दिग्गज लगानीकर्ता केतन मेहेतालाई हेरेर सिक्ने प्रयास गर्थे ।

बुवाकै कारण सेयर बजारमा झुनझुनवालाको चासो थियो। उनका बुवा कर अधिकारी थिए। उनी प्रायः आफ्ना साथीहरुसँग सेयर बजारका बारेमा कुरा गर्थे।

झुनझुनवाला आरएआरई इन्टरप्राइजेज नामको निजी व्यापारिक फर्म चलाउँथे। उनले यसको सुरुआत २००३ मा गरेका थिए। यस कम्पनीको पहिलो दुई अक्षर ‘आरए’ उनको नाममा थियो भने अन्त्यको दुई अक्षर ‘आरआई’ उनकी पत्नी रेखाको नामको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स