नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घट्यो

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५७ करोड २३ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय ६० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा र जीवन बीमा व्यवसायबाट भने २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानी व्योहोरेको छ ।

त्यस अनुसार नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ५७ करोड २३ लाख ८६ हजार रुपैयाँमा समिति भएको हो । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ३८.१७ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १० करोड १० लाख रुपैयाँ गरी ९२ करोड ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.७९ प्रतिशत बढेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ४९ लाख ७२ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४० करोड ९१ लख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा ४ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ अर्ब ३ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ५० करोड ९ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६.५५ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १२.३४ रुपैयाँ रहेको थियो। पीई रेसियो १५७.२१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.५१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स