महँगोमा तरलता उठाउँदा सबै वाणिज्य बैंकहरूको ‘कष्ट अफ फण्ड’ बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । गत आर्थिक वर्षमा सबैं वाणिज्य बैंकहरूको ‘कष्ट अफ फण्ड’ बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ‘कष्ट अफ फण्ड’ बढेको हो । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ६२.३९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १२६.३५ प्रतिशत रहेको बैंकहरूको कष्ट अफ फण्ड गत आर्थिक वर्षमा आइपुग्दा बढेर १८८.७४ प्रतिशत पुगेको हो ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको औसत कष्ट अफ फण्ड ७.२५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको यस्तो फण्ट औसतमा ४.८५ प्रतिशत थियो । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कष्ट अफ फण्ट औसतमा साढे २ प्रतिशतले बढेको छ ।

यो अवधिमा प्राइम, सिटिजन, हिमालयन बैंकको कष्ट अफ फण्ड ८ प्रतिशतभन्दा माथि छ भने सनराइज, सेन्चुरी, कुमारी, माछापुच्छ«े, बैंक अफ काठमाडौं, सानिमा, लक्ष्मी, सिभिल, मेगा, सिद्धार्थको कष्ट अफ फण्ड साढे ७ प्रतिशतभन्दा माथि छ ।

ग्लोबल आईएमई, नेपाल क्रेडिट एण्ड कमर्श, एनआईसी एशिया, एभरेष्ट, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको कष्ट अफ फण्ड ७ प्रतिशतभन्दा माथि छ । ६ प्रतिशतभन्दा कम र ५ प्रतिशतभन्दा बढी भए कष्ट अफ फण्ड भएका ५ बैंकहरूमा कृषि विकास बैंक, प्रभु बैंक, स्टाण्डर्ड चार्टड, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

सरकारी स्वामित्वको नेपाल बैंक र एनएमबि बैंकको कष्ट अफ फण्ड भने ५ प्रतिशतभन्दा कम छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको औसतमा कष्ट अफ फण्ड क्रमशः ३.५६ प्रतिशत र ४.७५ प्रतिशत थियो ।

बैंकहरुले तरलता अभाव हुँदा ठूला संघ संस्थाबाट उच्च ब्याजदर तोकेर मुद्दती निक्षेपबाट रकम तानेका कारण बैंकहरूको ब्याजदर बढेको हो । कर्जामा ब्याजदर बढ्न नसक्दा नाफा खुम्चिएको बैंकर्स बताउँछन् । विभिन्न संस्थाहरूले तरलता अभाव भएका बेला गोप्य बोलकबोल मार्फत ब्याजदर तोकी धेरै रकम निक्षेपका रुपमा बैंकहरुमा जम्मा गरे । वित्तीय बजारमा तरलता अभाव भएपछि बैंकको कष्ट अफ फन्ट २ प्रतिशत विन्दुले बढ्न सक्ने गत आवको शुरु मै बैंकहरूले गरेका थिए ।

बैंकहरूले लिएको निक्षेपमा बढी व्याजदर पर्दा नाफामा प्रतिकूल असर परेको हो । निश्चित अवधिका लागि जम्मा हुने यस्तो रकममा उच्च ब्याजदरको प्रभावले बैंकहरुको व्याज खर्च बढ्न गयो । ‘कस्ट अफ फण्ड’ उच्च हुँदा नाफामा प्रभाव परेको हो । ‘तरलता अभाव हुँदा उच्च ब्याज दरमा बैंकहरूले रकम उठाए, तर त्योअनुसार कर्जा बढ्न नसक्दा यसको प्रेसर कष्ट अफ फण्डमा परेको हो ।

यो अवधिमा सबैंभन्दा बढी कष्ट अफ फण्ड प्राइम बैंकको बढेको छ । बैंकको कष्ट अफ फण्ड २.५७ प्रतिशतले बढेर ८.३१ प्रतिशत पुगेको छ । योसँगै सबैभन्दा बढी सञ्चालन खर्च गर्ने बैंक बनेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा कम कष्ट अफ फण्ड एनएमबि बैंकको रहेको छ । सनराइज बैंकको कष्ट अफ फण्ड करिब दोब्बर हुँदा एनएमबि बैंकको भने जम्मा १.११ प्रतिशतले मात्रै बृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षमा ४.७५ प्रतिशतबाट झिनो बढेर ५.८६ प्रतिशतमात्रै पुगेको हो ।

सिटिजन बैंकको कष्ट अफ फण्ड पनि ५.८५ प्रतिशतले बढेर ८.१७ प्रतिशत पुगेको हो । हिमालयन बैंकले कष्ट अफ फण्ड करिब डब्बलले बढेको छ । उक्त बैंकको कष्ट अफ फण्ड ४.६१ प्रतिशतबाट बढेर ८ प्रतिशत पुगेको छ ।

सनराइज बैंकको कष्ट अफ फण्ड ४.६९ प्रतिशतबाट बढेर ७.९२ प्रतिशत पुगेको छ । सेन्चुरी बैंकको कष्ट अफ फण्ड ५.५५ प्रतिशतबाट बढेर ७.९१ प्रतिशत पुगेको छ । सेन्चुरी बैंकको कष्ट अफ फण्ड ५.६६ प्रतिशतबाट बढेर ७.९१ प्रतिशत पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स