काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि कुल १ लाख १२ हजार २२३.५७ कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीकोे सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।
सम्झौतामा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल र सचिव शिशिर खनालले तथा एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर-१५, महालक्ष्मीस्थानमा अवस्थित छ ।
कम्पनीले गोरखामा ५ मेगावाटको रिचेत खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।