सिद्धार्थ क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले संचालन गरिरहेको सिद्धार्थ ईक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को लाभांश घोषणा गरेको हो ।

क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८/०७९ को मुनाफाबाट सिद्धार्थ इक्विटी फण्डका इकाईधनीलाई ९ प्रतिशत दरका १३ करोड ५० लाख रुपैयाँ प्रतिफल र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई १० प्रतिशत दरका १२ करोड रुपैयाँ लाभांश दिने घोषणा गरेको हो ।

साथै, बैंठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाको भने २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स