काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर ९६ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय २५ रूपैयाँ कायम भएको छ ।