काठमाडौं । नेपालमा हाल १७ वटा विकास बैंक सञ्चालनमा रहेका छन् । विकास बैंकहरु सबैले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
वित्तीय विवरण अनुसार विकास बैंकहरुले ४ अर्ब २९ करोड ५५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएका छन् । विकास बैंकमध्ये सबैभन्दा धेरै वितरण योग्य नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मुक्तिनाले ८६ करोड ५ लाख ३२ हजार वितरण योग्य नाफा कमाएको छ । नारायणी विकास बैंकको वितरण योग्य नाफा ऋणात्मक भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नारायणीको वितरण योग्य नाफा २१ करोड ८३ लाख रुपैयाँले ऋणात्मक छ । सहारा, कर्पोरेट र ग्रिन विकास बैंकले आफ्नो वित्तीय विवरणमा वितरण योग्य नाफा देखाएका छैन् ।
विकास बैंकहरुको लाभांश दिन सक्ने क्षमता गत आवमा आर्जन गरेको वितरण योग्य नाफा र सेयर संख्याको आधारमा निकालिएको हो । बैंकहरुले भदौसम्मको नाफा नोक्सानी हिसाब गरेर बोनस दिन सक्ने भएकाले समाचारमा उल्लेख गरिएको बोनसदरको विवरणभन्दा केही प्रतिशत तलमाथि हुन सक्नेछ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी लाभांश दिन सक्ने क्षमता राख्छ । बैंकले गत आवमा ८६ करोड ५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ छ । बैंकले सेयर धनीलाई १७.८८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
गरिमा विकास बैंक
गरिमा विकास बैंक गत आवमा ६० करोड ५७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १६.४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
ज्योति विकास बैंक
ज्योति विकास बैंक गत आवमा ६० करोड ३० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १५.६८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले गत आवमा ५६ करोड ३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १६.७६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले गत आवमा ३८ करोड ८८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड १९ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १४.६६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
शाइन रेसुङ्गा विकास बैंक
शाइन रेसुङ्गा विकास बैंकले गत आवमा ३७ करोड ८९ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड ८ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई ११.११ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले बैंकले गत आवमा ३७ करोड ७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १२.७५ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
सांग्रिला विकास बैंक
सांग्रिला विकास बैंकले गत आवमा ३८ करोड ८३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १४.१९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
मितेरी विकास बैंक
मितेरी विकास बैंकले गत आवमा १२ करोड ५३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ७९ करोड ७३ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १५.७२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
एक्सेल विकास बैंक
एक्सले विकास बैंकले गत आवमा ९ करोड ९६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १२.२८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
सप्तकोशी विकास बैंक
सप्तकोशी विकास बैंकले गत आवमा ७ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई ८.९२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
सिन्धु विकास बैंक
सिन्धु विकास बैंकले गत आवमा २ करोड ८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई ३.७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
कर्णाली विकास बैंक
कर्णाली विकास बैंकले गत आवमा ३ करोड ६८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५३ करोड रुपैयाँ छ । बैंकले सेयर धनीलाई ६.९४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
नारायणी विकास बैंक
नारायणी विकास बैंकको गत आवमा विरण योग्य नाफा ऋणात्मक छ । बैंकको वितरण योग्य नाफा २१ करोड ८३ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ छ ।
सहारा, कर्पोरेट र ग्रिन विकास बैंकले आफ्नो वित्तीय विवरणमा वितरण योग्य नाफा देखाएका छैनन् ।