नेप्सेमा अपर हेवाखोला हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर हेवाखोला हाइड्रोपावरको साधारण सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ । उक्त रेन्जको आधारमा भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको १५ लाख कित्ता,आयोजना प्रभावितलाई निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सले कम्पनीको सेयरलाई (UHEWA) कारोबार संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स