अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलतालाई सहयोग गर्ने ल्याएको कम्पनीले जनाएको छ ।

अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न अग्निले यस्तो योजना ल्याएको हो ।

कम्पनीले एकल प्रक्रियाका साथ ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन आन्तरिक समूह कम्पनीसँग मिलेर काम गरिरहेको बताएको छ । कम्पनीको अनुसार ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको अनुसार ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ ।

५ वर्षसम्मको फाइनान्सिङ अवधि रहको यो योजना नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।योो योजनामा ग्राहकहरूको भार कम गर्न मासिक किस्ताबन्दी सुविधा पनि रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स