‘स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन ’:खगराज अधिकारी

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताउ ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए । सोही दलका सांसद महेश बस्नेतले मंगलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे ।

यस्तै, उनले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स