काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १८८ पुगेको छ ।
देशभर १,७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ ।