‘आदिवासी जनजाती राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार देवानलाई

काठमाडौं । यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार गोपाल देवान (सुनसरी, छापा माध्यम) लाई प्रदान गरिने भएको छ ।

त्यसैगरी सोही पुरस्कार अनिता गुरुङ, काठमाडौं (अनलाइन), राजु चौधरी, चितवन (टेलिभिजन) र अप्सरा समाल, उदयपुर (रेडियो) लाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदान गर्ने ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९’ ‘बुङ्वाखा’ मासिक, काठमाडौंलाई प्रदान गरिने भएको छ । फोनिजले आज प्रेस विज्ञप्ति जारी गरी फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ र पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई अभिनन्दन गर्ने जानकारी दिएको हो ।

फोनिजले पुरस्कार तथा सम्मान छनोट गर्न निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहेको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरेको थियो ।

पुरस्कार र सम्मान फोनिजको २३ औं स्थापना दिवसको अवसरमा यही साउन २७ गते काठमाडौंमा आयोजना हुने मूल समारोहमा प्रदान गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स