भदौ २० गतेबाट मनकामना केवलकार पुनः सञ्चालनमा आउने

काठमाडौं । मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा।लि।का अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालन हुन लागेको हो ।

‘कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेष्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने जानकारी गराउँदछौं,’ मनकामना दर्शन प्रालिले भनेको छ ।

कोरोना संक्रमणले गर्दा बन्द भएको सेवा पुनः सञ्चालन गर्न लागिएको हो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको यो सेवा लिन दैनिक हजारौ‌को भिड लाग्दै आएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स