काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर ९६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १२ सय ४० रूपैयाँ कायम भएको छ ।