काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे पुनःनियुक्त भएका छन् । आज साउन २३ गतेदेखि लागू हुने गरी बादेलाई ४ वर्षको लागि पुनः सीईओ पदमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको असार ७ गते बसेको १२० औं बैठकले बादेलाई सीईओमा पुनः नियुक्त गरेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीद्वारा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सीईओ श्रेष्ठ २७ वर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठले बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ ।
सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोस्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरू बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरू, सेयरधनी, कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए ।