प्रोटोनको ‘दशैं-दक्षिणा’ योजना, ६ लाखसम्मको दक्षिणा

काठमाडौं । प्रोटोनले दशैं तिहारको उपलक्ष्यमा ‘दशैं-दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यस योजना भदौ १७ गतेबाट शुरु भएर चाडपर्वको अवधिभर निरन्तर रहनेछ ।

यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको साँगा र एक्स-७० गाडीको खरिदमा १ लाख-२ लाखसम्म मात्र नभएर ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसंग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्नेछन् । यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ ।

यस प्रोटोन ‘दशैं-दक्षिणा’ योजनाअन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् । जसका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा सेभिङ एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन-हाउस फ़ाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ । यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले विभिन्न पाट्पुर्जा तथा आवश्यक उपकरणहरु समेत निःशुल्क प्राप्त गर्ने छन् ।

चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन साँगाको शुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र प्रोटोन एक्स-७० को शुरुवाती मुल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका शोरुममा लागु हुनेछ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ ।जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो। त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स