सिभिल बैंकका ग्राहकहरुलाई थप २९ साझेदारहरु मार्फत विशेष छुटको व्यवस्था, कुनमा कति ?

काठमाडौं । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई अव थप २९ साझेदारहरु मार्फत विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले आफूले प्रदान गर्ने उत्कृष्ट सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरु संग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको हो ।

सिभिल बैंकका ग्राहकहरुले अव निम्न साझेदारहरुबाट विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट – मोवाइल बैंकिङ एप’ अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ ।

बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए ।

करिव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/08/civil-dicount.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स