काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा हरियाली छाएको छ।
आइतबार, नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ अंक विन्दुमा आइपुगेको छ ।
आज ६१ लाख ६ हजारको कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ लाइफ इन्सोरेन्स बाहेक सबै कम्पनीहरुमा हरियाली छाएको छ ।
आज ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यस्तै, मनकामना स्मार्ट लद्युवित्तमा १०%, तेह्रथुम पावरमा ९.६५% र उपकार लद्युवित्तमा ९.१३ प्रतिशतको सर्किट लागेको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १३ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १२ करोड ७३ लाख, फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ९२ लाख, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।