काठमाडौं । गत आर्थिक वर्षमा बैंक अफ काठमाडूले गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिके तुलनामा ४.८६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत असार २ गते ग्लोबल आइएमई बैंकसँग प्राप्तीमा जाने सम्झौता गरको छ । सेयर स्वाप रेसियो १ः१ अनुपातमा प्राप्ति हुने सम्झौता गरी सकेको छ ।
बैंकले गत आवमा १ अर्ब ३० करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.२५ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।
गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै सो अवधिमा बैंकले २ अर्ब ५३ करोड रुपैयाँ संचालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.१८ प्रतिशत, कस्ट अफ फण्ड १२.९४ प्रतिशत रहेको छ भने बेसरेट ९.८३ प्रतिशत, स्प्रेडरेट ३.६१ प्रतिशत कायम भएको छ । बैंकको सीडी रेसियो ८८.२५ प्रतिशत कायम छ । साथै, सो अवधिमा बैंकको प्रसितसेयर आम्दानी १७ रुपैयाँ ०४ पैसा, प्रतिसेर नेटवर्थ १ सय ६७ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २६.२७ प्रतिशत रहेको छ ।