नेप्से परिसूचक घटेपनि कारोबार भने २३ अर्ब, व्यापारिक समूहमा लगानीकर्ता रमाए, वित्तकाले गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत साता २० अर्ब ८७ करोड २० लाख ३८ हजार भन्दा बढीको ४ करोड ९६ लाख ८१ हजार ७१९ कित्ता धितोपत्र खरिदबिक्री भएकोमा यो साता २२ अर्ब ९९ करोड ८१ लख ७० हजार बराबरको ५ करोड ४१ लख ९९ हजार ५६० कित्ता धितोपत्र खरिदबिक्री भएको छ ।

यो साता धितोपत्र दोस्रो बजार ८१ दशमलव ५५ अंकले घट्दा कुल बजार पुँजीकरणमा ४० अर्ब ६४ करोड १९ लाखले कमी आएको छ । गत साताको अन्तिम कारोबार दिन २१४०.५२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २११३.५५ विन्दुमा बन्द भएको हो ।

समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा कमि आउँदा सूचीकृत धितोपत्रहरूको मूल्यमा पनि कमि आएको देखिन्छ । जसका कारण अघिल्लो साताको अन्तिम कारोबार दिन ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाखमा झरेको हो ।

साताको ६ कारोबार दिनमा नेप्से परिसूचक दुई दिन बढेको छ भने चार दिन घटेको छ । पहिलो कारोबार दिन ५४.५८ अंकले बढेको नेप्से दोस्रो दिन १.१५ प्रतिशत बढेको हो ।

चार कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेर बन्द भएको हो । तेस्रो दिन २.७६ अंक, चौथो दिन ६.७२ अंक, पाँचौ दिन ३८.६१ अंक र छैठौ दिन ३४.६१ अंकले नेप्से घटेको हो ।
परिसूचकमा उतारचढाब देखिएपनि

गुमाउनेमा वित्त समूह
यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरूमध्य सात समूहको उपसूचक घटेको छ । यीमध्ये पनि वित्त समूहको उपसूचक सर्वाधिक ६.७३ प्रतिशतले घटेको छ ।

वित्त समूहसँगै विकास बैंक समूहको ६.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.२० प्रतिशत, लघुवित्त समूहको ३.९ प्रतिशत, अन्य समूहको २.७० प्रतिशत, बैंकिङ समूहको ०.८६ प्रतिशत र जीवन बीमा समूहको ०.१७ प्रतिशत उपसूचक घटेको हो ।

यो साता लगानी समूहको ०.२१ प्रतिशत, जलविद्युत समूहको ०.४८ प्रतिशत, म्युचुअल फण्ड समूहको ०५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.१० प्रतिशत, निर्जीवन बीमा समूहको १.४२ प्रतिशत र व्यापारिक समूहको ४.७२ प्रतिशत उपसूचक बढेको छ । साताको कारोबारमा व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स