प्राइम लाइफ इन्स्योरेन्सको सीईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल दाहाल नियुक्त भएका छन् । दाहाललाई बीमा समितिले साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो ।

दाहालले कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हालिरहेका यसअघि नै कम्पनी सञ्चालक समितिले सीईओ पदमा नियुक्त गरिसकेको थियो । जसको स्वीकृतिको लागि बीमा समिति पठाइएको थियो । सोही अनुसार समितिले उनलाई स्वीकृति दिएको हो ।

यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स