मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा, कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णाय गरेको हो ।

मरासिनी गत आइतबारदेखि बिदामा बसेका थिए । जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् । मारसिनीले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नभएपछि सरुवा गर्न आग्रह गरेका कारण प्रधानमन्त्री कार्यालयमा तानिएको बताइएको छ ।

त्यस्तै, अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स