नेपाल लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, कसको कति स्वामित्व ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले विद्यमान संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गरेको हो ।

नेपाल लाइफले ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ । सो पश्चात् अब कम्पनीको सेयर संरचना ५१ः४९ अनुपातमा कायम हुनेछ ।

सेयर संरचना परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो। यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स