३८ अंकले घट्यो नेप्से, बलेफी हाइड्रोपावरमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाचौं दिन सेयर बजारमा गिरावट आएको छ।

बिहीबार, नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८५ लाख ६९ हजारको कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, बलेफी हाइड्रोपावरमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको २५ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख,अपि पावरको १३ करोड १७ लाख, युनिर्भशल पावर कम्पनीको ७ करोड ८० लाख र गोर्खाज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स