राष्ट्र उत्थान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

लघुवित्तले समीक्षा अवधिमा ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.१७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद नाफा बढेपनि प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर २५ रुपैयाँ ५८ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.२० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.७१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६२.६७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ४१.८१ प्रतिशत बढेको छ।

चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड २२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी ०.५५ प्रतिशत घटेको छ भने निक्षेप २९.३२ प्रतिशत र कर्जा २७.१७ प्रतिशत बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स