काठमाडौं । गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने १९ वाणिज्यले कुल ३८ अर्ब २३ करोड २३ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा कुल २९ अर्ब ९७ करोड ११ लाख रुपैयाँ थियो ।
गत आवको वित्तीय विवरण सार्वजनिक १९ वटा वाािणज्य बैंकको सेयरपुँजी र गत आर्थिक वर्षमा आर्जन गरेको वितरण योग्य नाफालाई अनुसार औसतमा बैंकहरूको लाभांश क्षमता १४.८३ प्रतिशत देखिएको छ ।
बैंकहरूपिच्छे गणना गर्ने हो भने गत आवको वितरण योग्य नाफाबाट सेयरधनीलाई १.५३ प्रतिशतदेखि ४१.१५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने सम्भावना छ । जसमा सबैभन्दा बढी सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । भने दोस्रोमा सरकारी स्वामित्वको कृषि विकास बैंक र तेस्रोमा हिमालयन बैंकको लाभांश क्षमता बढी रहेको छ ।
९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी भएको एभरेष्ट बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ८९ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
कृषि विकास बैंकले गत आवमा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख रहेकोले गन आवको वितरणयोग्य नाफाबाट २९.६३ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ ।
१९ वाणिज्य बैंकको नाफा
हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड र वितरण योग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने सम्भावना छ ।
११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसीले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ ।
८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी भएको स्ट्याण्डर्ड चार्डर्ट बैंकले गत आवमा १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । सो अनुसार बैंकले १८.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
सिद्धार्थ बैंकका सेयर धनीले भने यो आर्थिक वर्षमा २ अर्ब १० करोड वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख रहेकोले सेयरधनीहरूले १६.८२ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ ।
नेपाल एसबिआई बैंकको चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा आर्जित १ अर्ब ४४ करोड रुपैयाँ वितरण योग्य नाफाबाट सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।
गत आवमा प्राइम बैंकले २ अर्ब ३४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंकले गत आवमा ३ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १३.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
एनसीसी बैंकले गत आवमा १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १३.२४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
सानिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्दा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।
गत आवको असार मसान्तसम्म माछापुच्छ्रे बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १४ अर्ब १३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९८ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
यस्तै, १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आवमा १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
लक्ष्मी बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।
गत आवमा सिटिजन्स बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
१० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको सनराइज बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
एनममबी बैंकको चुक्ता १८ अर्ब ३६ करोड चुक्ता पुँजी रहेको छ । बैंकले गत आवमा २ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । सो कारण बैंकको लाभाशं बाड्न सक्ने क्षमता १४.३५ प्रतिशत रहेको देखिन्छ । जुन वाणिज्य बैंकहरूको औसत लाभाशं हो ।
यस्तो छ वाणिज्य बैंकको नाफा र लाभांश दिने क्षमता