जीवन विकास लघुवित्तको नाफा १३ प्रतिशतले बढी, घट्यो प्रतिसेयर आम्दानी

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ११२.९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३८ करोड ३७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६.१६ प्रतिशत घटेको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ७४ पैसा घटेर ७५ रुपैयाँ ६० पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ।

चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी १.५८ प्रतिशत, निक्षेप १८ प्रतिशत र कर्जा १६.२३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स