कृषि विकास बैंकको खुद नाफा घट्यो, प्रतिसेयर आम्दानीमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद ट्रेडिङ्ग आम्दानी ऋणात्मक भएसँगै बैंकको खुद नाफामा दबाब पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ०.३१ प्रतिशत बढेको छ । बैंकको निक्षेप २.२६ प्रतिशत र कर्जा १८.५४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स