एनएमबि बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुवै बढेको छ।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले १३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेको छ भने जगेडा कोष १६.०६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स