अर्थमन्त्रीलाई भेटेर लगानीकर्ताले राखे सेयर धितो कर्जाको सीमा खारेज गर्नेे माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर नेपाल इन्भेष्टर्स फोरमले सेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेका छन् । आज बिहीबार अर्थमन्त्री शर्मालाई भेटेर लगानीकर्ताहरूले सेयर धितो कर्जाको सीमा खारेज गर्न ध्यानकर्षण गराएका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँमा सीमित गरेका छ । उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँको दरले मात्रै लिन पाउने व्यवस्था गरेको छ ।

यस्तो व्यवस्थाले गर्दा लगानीकर्ताहरुले सेयर बिक्री गरी ऋण चुक्ता गर्दा सेयर बजारमा प्रत्यक्ष दवाव सिजना भई विगत धेरै दिनदेखि सेयर बजारमा निरन्तर रुपमा गिरावट आएको जनाएको छ ।

यस्तै राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी विभेदकारी तथा अव्यवहारिक नीतिका कारण सेयर बजारलाई जोगाउन र लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन एकीकृत निर्देशिकाले व्यवस्था गरेको १२ करोड ऋणको सीमा तत्काल खारेज गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स