देशभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ६ हजार २ जनाको परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जना गरि कुल ९१५ जनामा संक्रमण देखिएको मन्त्रालय जनाएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ भने ३०१ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्युृ भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स