नेप्सेमा सामान्य गिरावट, दुई कम्पनीमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथौ दिन सेयर बजारमा गिरावट आएको छ।

बुधबार, नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ४२ हजारको कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ्ग, हाइड्रोपावर, माइक्रो फाइनान्स र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समलिङ पावर कम्पनीमा ९.९९%, र बलेफी हाइड्रोपावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको २५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको १५ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख र युनाइटेड इदि मार्दिको ११ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स