आजदेखि एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला

काठमाडौं । आजदेखि एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला भएको छ । बैंकले बुधबार (१८ साउन गते)देखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा लगानी गर्नेले १०.५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

कुल निष्कासन हुने ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

उक्त ऋणपत्रमा खरिदको लागि न्युनतम २५ कित्ताको दरले हुने २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ । बढीमा भने माग गरेअनुसारनै आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन २२ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १ गतेसम्म लम्बिनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स